काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राजपरिवार सदस्य हिमानी शाहबिच भेटवार्ता भएको छ।

कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो ।

भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानाएको छ । युवाहरूले राजनीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् ।

बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले राजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन । ती सदस्यले भने, ‘हिमानी शाहले पहिले नै भेट्न खोज्नुभएको रहेछ । आज सन्दर्भ परेर भेट भयो । ३–४ मिनेट कुराकानी भएको थियो ।’

भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘काठमाडौं महानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो, राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयका ती सदस्यले भने ।

प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com