एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि नयाँ र ठुलो सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहेका छन् । दुई देशबिच इरानको परमाणु कार्यक्रम र ब्यालिस्टिक मिसाइल उत्पादन सीमित गर्ने विषयमा भएको प्रारम्भिक छलफलबाट कुनै ठोस प्रगति नआएपछि यस्तो अवस्था सिर्जना भएको स्रोतहरूले जनाएका छन् ।

ट्रम्पका पछिल्ला धम्कीहरूलाई इरानले कडा शब्दमा अस्वीकार गरेको छ । कुनै पनि अमेरिकी सैन्य कारबाही भए तत्काल जवाफ दिने चेतावनी इरानले दिएको छ ।

advertisement

आक्रमण भए इजरायललाई निशाना बनाइने धम्की इरानी सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीका एक वरिष्ठ सल्लाहकारले दिएका छन् । यो घटनाक्रम ट्रम्प प्रशासनको इरानसम्बन्धी सार्वजनिक उद्देश्यमा तीव्र मोड आएको सङ्केत हो ।

केही साताअघि मात्र ट्रम्पले इरानभित्र भएका राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्ने सन्दर्भमा सैन्य हस्तक्षेपबारे गम्भीर रूपमा विचार गरेका थिए । ती प्रदर्शनमा सुरक्षाबलको दमनका कारण हजारौं मानिस मारिएका थिए । बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’मा इरानलाई ‘निष्पक्ष र समान सम्झौता – परमाणु हतियार होइन’ भन्दै वार्तामा आउन माग गरे ।

अमेरिकाको अर्काे आक्रमण गत वर्ष इरानका तीन परमाणु केन्द्रमाथि गरिएको आक्रमणभन्दा झनै भयावह हुने चेतावनी उनले दिएका छन् । स्रोतहरूका अनुसार अहिले विचाराधीन विकल्पमा इरानका शीर्ष नेताहरू, सुरक्षा अधिकारीहरू, परमाणु केन्द्रहरू र सरकारी संस्थालाई निशाना बनाएर हवाई आक्रमण समावेश छन् । यद्यपि ट्रम्पले अन्तिम निर्णय गरिसकेका छैनन् । हाल अमेरिकी विमानवाहक युद्धपोत समूह ‘यूएसएस अब्राहम लिंकन’ भारतीय महासागर हुँदै इरान नजिक पुग्दैछ, जसले सम्भावित आक्रमण तथा क्षेत्रीय सहयोगीको दुवैमा भूमिका खेल्न सक्छ ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com