काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको पार्टी एकता आह्वान अस्विकार गरेका छन्। विप्लवले प्रचण्डको प्रस्तावलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्नको लागि पनि अनिच्छुक भएको भन्दै अस्वीकार जनाएका छन्।

विप्लवले आफ्नो प्रतिक्रिया फेसबुकमार्फत सार्वजनिक गर्दै भनेका छन्,
“आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा थोत्रो भइसकेको काम, बासी जालझेल र असफल हुइयाँ मात्र हो। यस्तो भ्रममा परेका, विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छन्।”

advertisement

उक्त पोस्टमा विप्लवले आफ्नो स्पष्ट धारणा पनि व्यक्त गरेका छन्। उनका अनुसार:

  • सबै कम्युनिस्ट पार्टीहरूबीच मोर्चा र सहकार्य आवश्यक छ।

  • सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने पक्षमा मात्र एकता सम्भव छ।

  • माओवादी पार्टीको सुदृढीकरण नै आजको अवस्थामा सर्वोच्च प्राथमिकता हो।

विप्लवले भने, “अन्य पार्टीहरू चुनावी मोर्चामा पनि सहकार्य गर्न तयार छैनन्। त्यसैले प्रचण्डको एकता आह्वान कम्युनिस्ट आन्दोलनमा प्रभावकारी नहुने निश्चित छ। तथापि, अनेकौं मोर्चाका अनुभवसहित, समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र हो। आउँदो भविष्यले यसलाई अवश्य प्रमाणित गर्नेछ।”

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com