वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्त्वपूर्ण मतदानमा अवरुद्ध गरेपछि सङ्घीय सरकारले आंशिक शटडाउन घोषण गरेको जनाइएको छ । यद्यपि अवरोधहरू भने सीमित हुने अपेक्षा गरिएको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरात पछि सटडाउन सुरु भएको जनाइएको छ ।

advertisement

संघीय अध्यागमन एजेन्टहरूद्वारा मिनियापोलिसमा दुई जना प्रदर्शनकारीको हत्यामा डेमोक्र्याटहरूले रिसाएर प्रतिक्रिया दिए पछि सुरक्षा विभागको लागि नयाँ कोषका लागि वार्ता असफल भएको स्थानीय मिडियाले जनाएका छन् ।

यसै विच सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमा “लागु औषध तस्कर, बाल शिकारी र मानव बेचबिखन गर्नेहरूलाई पछ्याउनुको सट्टा, ट्रम्प प्रशासनले शिकागो र मिनियापोलिसमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गरी बहुमूल्य स्रोतहरू बर्बाद गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com