काठमाडौं। भारतले नेपाललाई आगामी आर्थिक वर्ष २०२६/२७ का लागि १२ अर्ब ८० करोड रूपैयाँ (भारतीय ८ अर्ब रूपैयाँ) वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
यो सहयोग भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ। भारतीय सरकारले नेपालका लागि वार्षिक आर्थिक सहयोगको रकम यस आर्थिक वर्षमा वृद्धि गर्ने निर्णय गरेको हो।
गत आर्थिक वर्ष २०२५/२६ का लागि भारतले सुरूमै नेपाललाई ११ अर्ब १८ करोड रूपैयाँ (भारतीय ७ अर्ब रूपैयाँ) सहयोग छुट्याएको थियो। त्यसपछि उक्त रकम संशोधन गरी १३ अर्ब २८ करोड रूपैयाँ (भारतीय ८ अर्ब ३० करोड रूपैयाँ) पुर्याइएको थियो।
भारतबाट प्राप्त हुने यो सहयोग रकम प्रायः पूर्वाधार विकास, सामाजिक क्षेत्र, सीमा क्षेत्रका आयोजना तथा द्विपक्षीय सहकार्यका कार्यक्रमहरूमा प्रयोग गरिन्छ।
यो सहयोग नेपाल–भारतबीचको ऐतिहासिक आर्थिक सम्बन्ध र दुवै देशबीचको मित्रता तथा सहकार्यलाई सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया