काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्वपूर्ण अवसर भएको बताएका छन्।

आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउने र समावेशितालाई सुदृढ गर्ने उल्लेख गर्दै सबै नागरिकलाई मताधिकार प्रयोग गर्न आग्रह गरे।

advertisement

उपराष्ट्रपति यादवले भने, “लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्वपूर्ण अवसर हो। लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन निर्वाचनले महत्वपूर्ण भूमिका खेल्नेछ। निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारको रूपमा अनुभूत गराउने विश्वास लिएका छौं।

उनले प्रत्येक नागरिकले आफ्नो पहिचानको सम्मान र अधिकारको सुनिश्चितता महसुस गरे मात्रै समावेशी लोकतन्त्रको सार्थकता पुष्टि हुने बताए।

लोकतन्त्रलाई जीवन्त राख्न तथा समावेशी प्रणालीलाई मजबुत बनाउन निर्वाचन अनिवार्य रहेको उनको भनाइ छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com