काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ आफ्नो राजनीतिक आधार भूमि भएको बताएका छन्।

निर्वाचनमा मौन अवधि सुरु हुनुभन्दा केही समय अघि एक सन्देश जारी गर्दै ओलीले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन्।
‘विशेष गरी झापा ५ का दाजुभाइ तथा दिदी बहिनीहरू यो क्षेत्रसँग मेरो जीवनको गहिरो सम्बन्ध छ। यहाँका जनताले सधैँ साथ दिनुभएको छ’ अध्यक्ष ओलीले सन्देशमा भने ‘मैले पनि विकास, पूर्वाधार र अवसर विस्तारमा आफ्नो प्रतिबद्धता कायम राखेको छु । यो मेरो राजनीतिक आधार भूमि हो।’

advertisement

उनले यो सामान्य परिस्थितिको निर्वाचन नभएको,अन्तर्राष्ट्रिय जटिलता र राष्ट्रिय चुनौतीका बिचमा यो निर्वाचनको देशको भविष्य र दिशा तय गर्ने महत्त्वपूर्ण निर्णय भएको अध्यक्ष ओलीको भनाइ छ। संविधान निर्माण देखि नाकाबन्दी र महामारीसम्म हरेक सङ्कटमा देशलाई राजनीतिक स्थिरतामा राख्न प्रयास गरेको उल्लेख गरेका छन्।

उनले भने, ‘राष्ट्रिय स्वाभिमान, नयाँ चुच्चे नक्सा र सन्तुलित कूटनीतिक सम्बन्धका विषयमा हामीले कुनै सम्झौता नगरी स्पष्ट अडान लिएका छौं। आज विश्व अस्थिर छ, भू-राजनीति जटिल छ । यस्तो अवस्थामा हाम्रो देश भावनामा होइन, परिपक्व कूटनीति र अनुभवी नेतृत्वमा अघि बढ्नुपर्छ।’

चुनाव प्रचारको छोटो समयमा आफू निर्वाचन क्षेत्रका दमक, कमल, गौरा दह र गौरीगञ्जका अधिकांश ठाउँमा पुगेको स्मरण गर्दै अध्यक्ष ओलीले आफू जहाँ पुगे पनि मतदाताको अपार माया पाएको बताए । निर्वाचन प्रचारका क्रममा आफूले जान नसकेका ठाउँ र भेट्न नसकेका मतदातासँग पनि निरन्तर सम्पर्क र समन्वय गरिरहने अध्यक्ष ओलीको प्रतिबद्धता छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com