• फाइल तस्वीर

काठमाडौँ । राजधानीका दुई स्थानमा सवारी साधनमा आगजनी गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार काठमाडौँको महाराजगन्ज र नैकाप क्षेत्रमा दुई गाडीमा आगो लगाइएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बा.ए २८३६ नम्बरको टोयोटा कारमा आगजनी गरिएको थियो। त्यसैगरी महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै बा.७ च १४०१ नम्बरको मारुती भ्यानमा आगो लगाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

advertisement

घटनाको प्रकृति हेर्दा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी अस्थिरता सिर्जना गर्ने उद्देश्यले आगजनी गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ।

यसैबीच, घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहसँग सम्बन्धित पर्चासमेत बरामद भएको एसपी भट्टराईले जानकारी दिए। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com