काठमाडौं। काठमाडौंको मिनभवनस्थित सिभिल अस्पताल अगाडि फोहोर बोक्ने टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार बिहान पौने ९ बजे काठमाडौं–३१ मिनभवनमा बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपर तीनकुनेतर्फ जाँदै गर्दा प्र. ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिएको थियो ।

advertisement

स्कुटरमा सवार सुनसरी इनर्वा नगरपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइराला गम्भीर घाइते भएका थिए । उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा पौने ९ बजे मृत्यु भएको एसपी भट्टराईले जानकारी दिएका छन् ।

टिपर र चालक गोरखाका घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो घटनाले काठमाडौंमा सवारी दुर्घटनाको जोखिमलाई फेरि उजागर गरेको छ । प्रहरीले सडक सुरक्षामा थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com