काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबै मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान स्थलको तयारी गरेका छन्।

जिल्लाका ९६ मतदान स्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा मतदानको लागि बुथहरू तयार भएका छन्। यस पटकको निर्वाचनका लागि जम्मा १ हजार ३ सय ७४ कर्मचारी परिचालन गरिएका छन्। तीमध्ये ३७ जना मतदान अधिकृतसहित ४ सय ४९ जना महिला कर्मचारी रहेका छन्।

advertisement

जिल्लाका ४१ मतदान स्थललाई अति संवेदनशील, ३५ लाई संवेदनशील र २० मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

ती मतदान स्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई आवश्यकताअनुसार परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com