डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले काँग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्।

यसै गरी प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेलधुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन्। उनले डडेलधुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्।

अहिले गृह जिल्ल्लाका विभिन्न चुनावी सभामा सम्बोधनका लागि यति बेला प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डडेल्धुरामा छन्। सोही क्रममा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन्।

‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौँ। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुस्। नेपाली काँग्रेसको रुख छापमा तपाईँहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जिताउनुस्।’

 

प्रकाशित मिति: १९ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com