काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह को रिटमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध किशोरी साह ले फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो ।

आयोगले कालोसूचीमा परेका कारण योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।

advertisement
सर्वोच्चले अर्को फरक रिटमा बिहीबार (फागुन २८) मात्र कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न कर्जा सूचना केन्द्रलगायत निकायलाई अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com