काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ।
पार्टी प्रवक्ता मनिष झाले का अनुसार उक्त कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी दिइनेछ। साथै पार्टीले अवलम्बन गर्नुपर्ने नीति तथा भावी कार्यदिशाबारे पनि छलफल गरिनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट कुल १८२ सिट जितेको थियो।
यसैबीच, पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी ले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गर्दै छबुँदे निर्देशन जारी गरिसकेका छन्।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया