काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् ।

शुक्रबार शपथ ग्रहण गरेपछि उनले मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेकी हुन् । पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले कानुन सुधारलाई तीव्रता दिने बताइन् ।

advertisement

उनले भनिन्, “हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरूलाई तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं । कानुन निर्माणमा मेरो मन्त्रालय छिटोभन्दा छिटो काम गर्न तत्पर छ ।”

मन्त्री गौतमले अहिले छलफलको चरणमा रहेको बताउँदै खाका तयार भएपछि मात्रै सुधारका काम अघि बढ्ने स्पष्ट पारिन् । उनले कानुन क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले छिटो काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नवनियुक्त कानुनमन्त्री सोविता गौतम रास्वपाको समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com