काठमाडौं । पत्रकारलाई भित्र पस्न नदिनु भन्दै डढेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले रकम बाँडेको आरोप लागेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–८ रातो गुराँस रिसोर्टमा बसेका प्रधानमन्त्री देउवामाथि मतदातालाई पैसा बाँडिरहेको आरोप लागेको हो।

बिहीबार राति १२ बजे मौन अवधि (स्थिर समय) शुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले भने निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफू बस्ने रिसोर्टबाहिर मतदाताको भीड लगाएका हुन्।

देउवाले निर्वाचन जित्न विगतमा पनि पैसा बाँड्दै आएको आरोप लाग्ने गरेको छ।

सामाजिक सञ्जालमा भाइरल भिडियामा देउवा बसेको अमरगढी नगरपालिका स्थित रातो गुराँस रिर्सोट एण्ड होटलमा मान्छेको ठूलो भित्र पसेको देख्न सकिन्छ । उक्त भिडमा एकजनाले ठूलो स्वरमा ‘पत्रकारलाई भित्र पस्न नदिनु,पत्रकारलाई भित्र पस्न नदिनु ’ भनेर पटक पटक दोहोर्याएको सुनिन्छ ।

रिर्सोटभित्र प्रधानमन्त्री एवं डढेलधुराका नेपाली काँग्रेसका उम्मेद्वार शेरबहादुर देउवा बसेका छन् । स्थानीयहरुले दिएको जानकारी अनुसार मतदाता नामावलीको नाम हेर्दै त्यहाँ गएका मतदातालाई पाँच पाँच हजार रुपैंया बाँडिएको छ ।

प्रहरी कै सुरक्षाघेरा भित्र निर्वाचन आचार संहित विपरित यतिको भिड लागेपछि डढेलधुराको निर्वाचनको विश्वसनीयता माथी प्रश्न उठेको छ।

प्रकाशित मिति: ३ मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com