काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रमसंस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ। उक्त पार्टीका तर्फबाट २५ वर्षीया सांसद रुबी कुमारी ठाकुरले उम्मेदवारी पेश गरेकी हुन्। उनी समानुपातिक प्रणालीमार्फत संसद्मा प्रवेश गरेकी हुन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

advertisement

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com