काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने तय गरिएको पार्टीका प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिएका छन्।
आज नै हुने उपसभामुख निर्वाचनलाई केन्द्रमा राख्दै रास्वपाले बैठक बोलाएको हो। उक्त पदका लागि श्रम, संस्कृति तथा सामाजिक क्षेत्रमा सक्रिय रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दिएका छन्।
रास्वपाले रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया