कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगल क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

आज बिहान करिब १०:५५ बजे दुम्किबासतर्फबाट कावासोती आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आपसमा ठोक्किएका थिए।

advertisement

दुर्घटनामा कार चालक करिब ३५ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई ट्रक चालकले नै तत्काल मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पुर्‍याएका थिए। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com