काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी बस्तीमा डोजर लगाएर गरिब, निमुखाहरूलाई आहत पुग्ने काम गरेको बताएका छन्।
बिहीबार रुकुम पश्चिममा भएको पत्रकार सम्मेलनमा उनले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमाथि डोजर लगाउनु विल्कुल्यै गलत भएको बताए। ‘को वास्तविक सुकुम्बासी हो र को होइन भनेर निर्क्यौल नगरेर बल प्रयोगको तरिकाद्वारा डोजर लगाएर गरिब, निमुखाहरूलाई आहात पुग्ने किसिमले सरकारले काम गरेको छ विल्कुल गलत छ’, उनले भने।
उनले सरकारसँग वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गर्नुपर्नेमा त्यसो हुन नसकेकोप्रति दुखेसो व्यक्त गरे। प्रचण्डले काठमाडौँपछि देशभरका सुकुम्बासी बस्ती हटाउने कुरा आएको बताउँदै वैकल्पिक गर्न माग गरे।
साथै सदन स्थगन गरेर सरकारले अध्यादेश ल्याउनु लोकतन्त्रको खिलामा रहेको उनको भनाइ छ। ‘बोलाइसकेको सदनको अधिवेशनलाई रोकेर अध्यादेश ल्याएर सदन बोलाउने जुन विधि अपनाइयो त्यो विल्कुल लोकतन्त्रको खिलामपमा छ। लोतन्त्रकाे, संविधानको विरुद्धमा छ। परम्पराको पनि विरुद्धमा छ’, उनले भने ‘यस्तो गल्ती नगर्न हामीले सरकालाई सावधानी पनि गराएका छौँ।’
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया