काठमाडौं । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
खार्पुनाथ–४ का ६३ वर्षीय मक्कबहादुर रोकाया भरूवा बन्दुक एक थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार












प्रतिक्रिया