काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। यस्तै युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरसहित विभिन्न विदेशी मुद्राको विनिमयदर पनि सार्वजनिक गरिएको छ।
त्यसैगरी जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दर समेत तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने उल्लेख गरेको छ। अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट मा उपलब्ध छ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार












प्रतिक्रिया