काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्री वालेन्द्र शाहको पक्षमा लेखेको फेसबुक स्टाटस केही मिनेटमै हटाएका छन् ।

प्रधानमन्त्री शाह आज संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बैठक छाडेर बाहिरिएका थिए । आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै बेला प्रधानमन्त्री बाहिरिएपछि व्यापक आलोचना भएको थियो ।

advertisement

त्यसपछि सल्लाहकार शाहले प्रधानमन्त्रीको बचाउ गर्दै फेसबुकमा स्पष्टीकरण दिएका थिए । तर उक्त स्टाटस पोस्ट गरेको करिब ८ मिनेटमै उनले हटाएका छन् ।

उक्त स्टाटसमा उनले लेखेका थिए कि प्रधानमन्त्रीलाई स्वास्थ्यमा केही असहजता देखिएपछि नीति तथा कार्यक्रमको क्रममा छोटो विश्राम लिनुपरेको थियो र पछि उहाँ पुनः कार्यक्रममा सहभागी भएका थिए। साथै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उल्लेख गरिएको थियो।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com