काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, सांसदहरूले नीति तथा कार्यक्रममाथि दर्ता गराएका संशोधन प्रस्तावहरू पेश गर्दै त्यसमाथि छलफल हुनेछ।

advertisement

आजको बैठकमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची पनि रहेको छ।

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com