काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाह ले आर्थिक वर्ष २०८३/०८४ का लागि सोमबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाय ले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया