काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावका कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली देखिएको छ। केही स्थानमा वर्षासमेत भइरहेको छ।
आजको मौसम अवस्था
कोशी र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। बाँकी भू–भागमा आंशिक बदली मात्र रहेको छ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको अवस्था
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली भू–भागमा सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया