काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

advertisement

युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा परिवर्तन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूको विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारी नेपाल राष्ट्र बैंकको वेबसाइट मा हेर्न सकिनेछ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com