काठमाडौं । संघीय संसदमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो पहिलो पूर्ण बजेट ल्याउन लागेको हो । सरकारले ल्याउने बजेटप्रति राजनीतिक वृत्त, निजी क्षेत्र तथा सर्वसाधारणको विशेष चासो रहेको छ ।

advertisement

सरकारले यसपटकको बजेटलाई पारदर्शी, व्यवस्थित र परिणाममुखी बनाउने तयारी गरेको जनाएको छ । सांसदहरूबाट प्राप्त सुझाव, सरकारको सुशासनको मार्गचित्र र चुनावी घोषणापत्रलाई बजेटको प्राथमिकतामा राखिएको बताइएको छ ।

अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्द्धन, वित्तीय अनुशासन र सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याइने सरकारको तयारी छ । साथै आगामी पाँच वर्षसम्म आर्थिक सुधारका कार्यक्रमलाई व्यवस्थित गर्ने गरी बजेट निर्माण गरिएको जनाइएको छ ।

संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । बजेट प्रस्तुत हुने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com