काठमाडौँ । बितेको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १,९५७ चालकलाई कारबाही गर्दै राज्यले रु १० लाख ७८ हजार ५०० राजस्व सङ्कलन गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २३ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १४४ जना अवैध राइड सेयरिङ गर्ने तथा १८५ जना ट्राफिक सिग्नल उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको छ। त्यस्तै १८१ जना तीव्र गतिमा सवारी चलाउनेलाई पनि कारबाही गरिएको छ।

अन्यमा ८७ जना लेन अनुशासन उल्लङ्घन गर्ने, ९१ जना निषेधित क्षेत्रमा हर्न बजाउने, १११ जना सडक पेटीमा पार्किङ गर्ने र ९३ जना एकतर्फी सडकमा सवारी चलाउनेलाई कारबाही गरिएको छ। बाँकी १,००० जना विभिन्न अन्य ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार सडक अनुशासन सुधार गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित कारबाही अभियान सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com