काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
बुधबार भारतको राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा लामिछाने र मोदीबीच शिष्टाचार भेट भएको हो।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हितका विषय तथा समसामयिक क्षेत्रीय मुद्दाबारे छलफल भएको बताइएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको स्रोतले जनाएको छ।
रास्वपा सभापति लामिछानेको भारत भ्रमणका क्रममा भएको उक्त भेटलाई नेपाल–भारत सम्बन्धका सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया