काठमाडाैं । मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी-६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी-५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो।

advertisement

लागूऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com