काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्।
शुक्रबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब नेतृत्व चयनमा आफूले कसैलाई जिताउन वा हराउन हस्तक्षेप नगर्ने स्पष्ट पारे। पार्टीलाई तल्लो तहदेखि केन्द्रसम्म निर्वाचित नेतृत्वको आधारमा पुनर्गठन गर्दै विगतका कमजोरी सच्याइने पनि उनले बताए।
प्रचण्डले राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको उल्लेख गर्दै समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन फेरि निर्णायक राजनीतिक पहल गर्ने संकेत गरे। उनले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहे पनि संसद्, सडक र निर्वाचनमा सहकार्य हुन सक्ने बताए। साथै, समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने र आवश्यकताअनुसार नेपाली कांग्रेस तथा मधेशवादी दलहरूसँग पनि मुद्दाका आधारमा सहकार्य हुन सक्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












प्रतिक्रिया