काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले क्याम्पसहरूमा दलीय विद्यार्थी सङ्गठनका संरचना हटाउन दिएको निर्देशनप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले कडा आपत्ति जनाएको छ। स्ववियुले उक्त निर्णयलाई प्राज्ञिक स्वतन्त्रता र विश्वविद्यालयको स्वायत्ततामाथिको हस्तक्षेप भन्दै सरकार विश्वविद्यालयलाई आफ्नो छायाँ बनाउने प्रयासमा रहेको आरोप लगाएको छ।

सोमबार स्ववियु अध्यक्ष दीपक राज जोशीद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतले यसअघि नै सम्बन्धित निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा पुनः यस्तो पत्राचार गर्नु अदालतको आदेशको ठाडो उल्लङ्घन र गैरकानुनी कदम भएको उल्लेख गरिएको छ। स्ववियुले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था समेत खारेज गर्न माग गर्दै आफूहरू लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रतिनिधि भएकाले विधिको शासनमा विश्वास राख्ने जनाएको छ। साथै, सर्वोच्च अदालतले सरकारको उक्त नीति बदर गर्ने विश्वास व्यक्त गर्दै सबै विद्यार्थीलाई संयम, धैर्यता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको छ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com