काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) कास्कीका ३८ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
मंगलबार जारी संयुक्त विज्ञप्तिमा उनीहरूले पार्टीको वर्तमान कार्यदिशा, नेतृत्व शैली र राजनीतिक उपलब्धिप्रति असन्तुष्टि जनाउँदै यो निर्णय गरेको बताएका छन्। विगत १३ वर्षदेखि पार्टीका विभिन्न तहमा सक्रिय रहँदै जेल, हिरासत र आन्दोलनमा समेत भूमिका खेले पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा कम्युनिस्ट शक्तिबीच एकता, सहकार्य र पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै नेतृत्वले त्यससम्बन्धी बहसलाई बेवास्ता गरेको आरोप लगाइएको छ। साथै, केन्द्रीय सचिवालय सदस्य उमा भूजेल र पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’माथिको कारबाहीलाई नेतृत्वको पूर्वाग्रही व्यवहारको उदाहरणका रूपमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया