काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासको आयोजनामा मेक्सिकोको पर्यटकीय सहर काङ्कुनमा नेपालको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको आर्थिक कूटनीतिक अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासले जनाएको छ।
कार्यक्रममा मेक्सिकन लगानीकर्ता तथा पर्यटन व्यवसायीहरूलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्य, हस्तकला तथा अन्य निर्यातयोग्य वस्तुका साथै जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा रहेका लगानीका सम्भावनाबारे जानकारी गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै लुइस हम्बर्टो अल्डाना नाभारा ले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको प्रशंसा गर्दै नेपाल–मेक्सिकोबीच पर्यटन र व्यापारिक सहकार्य विस्तार गर्न आफू सकारात्मक रहेको बताए।
राजदूतावासका अनुसार कार्यक्रममा मेक्सिकोका सङ्घीय सांसद, स्थानीय उद्योगी, व्यवसायी तथा पर्यटन क्षेत्रसँग आबद्ध उद्यमीहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया