काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूसँग औपचारिक छलफल गर्ने भएका छन्। बुधबार हुने भेटघाटमा प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिहरूका समस्या, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे हुनेछ। छलफलका लागि विभिन्न व्यावसायिक छाता संगठनका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। उनीहरूले उद्योग, व्यापार, लगानी र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ।
गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहसँग भेटका लागि निजी क्षेत्रले यसअघि पनि पहल गरे पनि समय मिल्न सकेको थिएन। प्रधानमन्त्रीसँग निजी क्षेत्रको यो पहिलो औपचारिक संवाद हुन लागेको हो।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार











प्रतिक्रिया