सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ स्थित सेराघारी सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सिम्ता गाउँपालिकाबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी बुधबार अनियन्त्रित भई सडकमै पल्टिएको हो। दुर्घटनाका बेला गाडीमा चालकसहित २० जना सवार थिए।

प्रहरीका अनुसार चालक गगन थापाबाहेक अन्य १९ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

गम्भीर घाइते हुनेमा गणेश वली, ५ वर्षीय रियाज शाही र भावना राई रहेका छन्। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै राखिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com