काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको विशेष अभियानका क्रममा लागूऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। बाँके, धनकुटा, कैलाली, मोरङ, तनहुँ, झापा, सप्तरी, सुनसरी र नवलपरासी पश्चिमबाट ब्राउनसुगर, गाँजा, खैरो हेरोइन तथा विभिन्न नियन्त्रित लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूबाट करिब ७१ किलो गाँजा, ब्राउनसुगर, खैरो हेरोइन तथा ट्रामाडोल, डाइजेपाम, बुप्रेनोर्फिन, फेनारगन, ओपिडोल र स्पास्मोलगायत नियन्त्रित औषधि बरामद गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया