काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा केहीबेरअघि सुरु भएको बैठकमा सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको हिंसात्मक घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा भइरहेको स्रोतले जनाएको छ।

बैठकमा पछिल्ला सुरक्षा चुनौती, संवेदनशील क्षेत्रको अवस्था तथा आवश्यक सुरक्षा रणनीतिबारे उच्चस्तरीय छलफल भइरहेको बताइएको छ।

संविधानअनुसार प्रधानमन्त्री राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष रहने व्यवस्था छ। परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति तथा रक्षा मन्त्रालयका सचिव सदस्य रहने प्रावधान छ।

राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासँग सम्बन्धित समसामयिक विषयमा आवश्यक नीति, रणनीति र समन्वयबारे परिषद्ले छलफल गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com