जनकपुरधाम । सर्लाहीमा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको छ । शुक्रबार बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।

वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका सामान बुझाउने क्रममा विवाद भएको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिए । उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो ।

नगरप्रमुख सिंहकाअनुसार वडाध्यक्ष मण्डलले बिहीबार बझबुझारथ गरेको कागजातमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, सचिव पण्डितले नमान्दा विवाद भएको हो ।

वडाध्यक्षले सचिवको टाउकोमा कुर्सी प्रहार गरेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । टाउकोमा १२ वटा टाँका लगाइएको छ । अहिले उनको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ ।           – बार्हखरी बाट

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com