काठमाडौं । झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ ।
भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो । झगडाकाे क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका र उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
प्रकाशित मिति: २७ पुस २०७९, बुधबार
प्रतिक्रिया