काठमाडौं । गाेठमा बाँधी राखेकाे राँगा चाेरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । झापा गाउँपालिका–४ का अमालाे मियाँकाे गाेठमा बाँधी राखेका २ वटा राँगा चाेरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेकाे हाे । गएकाे २६ गते राति साढे ११ बजे चाेरी भएकाे थियाे ।

त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गाेदा नाम गरेका तीन जना व्यक्ति फरार रहेकाे र खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका महमद नाजिरलाई चाेरी शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ ।

प्रकाशित मिति: ३० पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com