काठमाडौं । पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।

जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् । यस्तै पाँच जना भारतीय र बाँकी १० जना रुस, कोरिया, आयरल्यान्ड लगायतका देशका नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । जहाज पूरै जलेको अवस्थामा छ । अहिले पनि उद्दारको काम चलिरहेको छ ।

 

प्रकाशित मिति: १ माघ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com