काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

नेतादेखि विभिन्न मन्त्रालयका अधिकारीहरुका गाडी यही सडक भएर हुइँकिन्छन् । तर मर्मत गर्नमा भने सम्बन्धित निकायकाे ध्यान पुगेकाे छैन । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र गाडी चालकहरुले सास्ती व्यहोर्नुपरेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ ।

अहिलेसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल नगरेको देख्न सकिन्छ । पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

 

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com