काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए ।

त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।

‘प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं’ उनले भने, ‘नेपाल प्रहरी हाम्रो सहकार्यमा नै व्यवस्थापन गर्न लागेका हौं ।’

प्रकाशित मिति: २४ माघ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com