काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो मानहानी हुने अभिव्यक्ति दिएको भन्दै युट्युबका भाइरलम्यान डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन् । उनले नेपाल प्रहरीको साइबर ब्युरोमा हिजो उजुरी दिएको बताइन् ।

खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।

‘उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहें । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु । हेरौं नेपालको कानून कत्तिको बलियो रहेछ’, करिश्माले लेखेकी छन् ।

आफू हिन्दू भएको र लिभिङ टुगेदरमा विश्वास नै नगर्ने पनि उनले उल्लेख गरेकी छन् ।

‘म मेरो संसारमा खुशी छु’, उनले भनेकी छन् ।

 

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com