एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका श्रीमानको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन्।

आफ्ना श्रीमान ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै लाग्दा उनले डग एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरेपछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान र नयन राष्ट्रपतिबाट मोडिएर उनकी भार्यामा पुगेको थियो – त्यो रोचक क्षणका लागि।

सामान्यतया पश्चिमा मुलुकमा अभिवादन वा स्नेह प्रकट गर्दा आलिङ्गनका साथ ओठले स्पर्श नगरी निधार वा गालामा चुम्बन गरिन्छ तर आज ‘प्रथम महिलाले द्वितीय भद्रपुरूषलाई’ गरेको मैत्रीपूर्ण अभिवादन ‘भाइरल’ हुने प्रकृतिको थियो।

ओठमा चुम्बन गरेको स्पष्ट देखिने जुम गरिएको तस्बिर सार्वजनिक गर्दै न्युयोर्क टाइम्सको सचित्र प्रकाशन‘स्मुच अफ द युनियन’मा भनिएको छ।  फोटोमा जिल वा डग कसले गल्ती गरेका हुन् भन्न सकिन्न तर त्रुटी भएको देखिन्छ।

बाइडेन प्रशासनको आलोचक फक्स न्युजले पनि उक्त तस्बिरको आलोचना गरेको छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सल्लाहकार केलीन कानवेले उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ठट्टा गरेका छन्–’वास्तवमै कोभिड सकिएछ।

प्रकाशित मिति: २६ माघ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com