काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित भएका छन्।

नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठीचार्ज गरेका हवल्दार शम्भुजंग गुरुङ निलम्बित भएका हुन्।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेका थिए।

डा. जनिथलाल सिंह सर्जरी सकेर घर जाँदै गर्दा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै उनीमाथि लाठी प्रहार भएको थियो ।

 

प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com