दाङ  । दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्।

खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पट्किँदा दुई जना घाइते भएको दाङ प्रहरीले जनाएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भइ हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।

तुलसीपुर-१६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्याँस पड्किँदा केसीको कम्मर मुनीको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको अवस्था छ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।

घाइतेमध्य कुसुमको अवस्था अवस्था गम्भीर छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com