भैरहवा । काठमाडौंको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ ।  रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए।

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए ।

सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए। कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारवाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाइएको अर्यालले जानकारी दिए।

प्रकाशित मिति: ६ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com