२७ चैत, काठमाडौं । वाणिज्य बैंकहरुले वैशाखका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने भद्र सहमति गरेका छन् । बैंकर्स संघको आइतबार बसेको बैठकले चैतका लागि तोकिएको ब्याजदर नै वैशाखका लागि पनि लागू गर्ने भद्र सहमति गरेका हुन् ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए वैशाखका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो ।

तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११.०३ प्रतिशत ब्याजदर तोकिएको थियो । यसलाई चैतमा पनि बैंकहरुले निरन्तरता दिएका थिए ।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com